October 28, 2021

Halkhabar kura

Entertainment Site

भर्खरै भयो खुलाशा। अग्नि सापकोटाले चाल्ने भए यस्तो सनसनीपूर्ण कदम

1 min read

जेठ १८ मंगलबार, काठमाण्डौ 

संसद विघटन पश्चात रुस्ट बनेको माओवादी केन्द्रबाट सभामुख बनेका अग्नि सापकोटाले सनसनीपूर्ण कदम चाल्न आँटेका छन्।

उनले त्यस्तै कदम चाल्नको लागि संविधानविद बोलाएर छलफल समेत गरेका छन्।

गत जेठ ६ गते प्रतिनिधि सभा विघटन भएपछि उनले दुईवटा छलफल कार्यक्रमको आयोजना गरे जसमा उनले ‘असाधारण निर्णय’ लिन सक्ने भन्दै आफ्ना नजिककालाई ब्रिफिंग समेत गरे ।

जेठ ११ गते सापकोटाले पूर्वसभामुखहरुसँग अन्तरक्रिया गदै सुझाव लिएका थिए भने १३ गते संविधानविद् एवं कानुनका जानकारहरुसँग पनि परामर्श गरे । संविधानविदसँगको छलफलका क्रममा उनले ‘जनतालाई केन्द्रविन्दुमा राखेर असाधारण निर्णय लिन सक्छु’ भनेका थिए ।

तर, संविधानमा भने त्यस्तो व्यवस्था छैन। भंग भैसकेको प्रतिनिधि सभाका सभामुखले चाहेर पनि कुनै कदम चाल्न नसक्ने कुरा विज्ञहरुले बताएका छन्।