October 17, 2021

Halkhabar kura

Entertainment Site

भेटिएको नयाँ भेरिएन्टबारे डब्ल्यु.एच.ओ ले खोल्यो मुख। यस्तो छ पछिल्लो अपडेट

1 min read

१८ जेठ, काठमाडौं ।

विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले पछिल्लो समयमा संसारका विभिन्न देशमा भेटिएका कोभिड भेरियन्ट बारे नयाँ खबर दिएको छ।

विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले पछिल्लो समयमा संसारका विभिन्न देशमा भेटिएका कोभिड भेरियन्ट (प्रकार) लाई नयाँ नाम दिएको छ।

डब्लुएचओका अधिकारीहरूले लामो समयको छलफलपछि ग्रिक अल्फाबेट अनुसार नयाँ भेरियन्टको नाम राख्ने निर्णय गरेका हुन्।

वैज्ञानिक नाम उच्चारण गर्न कठिन हुने र जुन देशमा भेटिएको हो त्यही देशको नाममा भेरियन्टको नाम राख्दा उक्त देशलाई कलंक लगाएजस्तो हुने कारणले नयाँ भेटिएको कोभिडको नाम ग्रिक अल्फाबेटअनुसार नामाकरण गर्ने निर्णय भएको हो।

त्यहि निर्णयअनुसार अब बेलायतमा भेटिएको भेरियन्टको नाम अल्फा, दक्षिण अफ्रिकाको बेटा, ब्राजिलको गामा र भारतमा भेटिएको भेरियन्टको नाम डेल्टा हुने भएको छ।

अब नयाँ भेरियन्ट भेटिए ग्रिक अल्फाबेटको क्रम अनुसार तिनीहरूको नामाकरण हुँदै जानेछ। यसअघि इण्डियन भेरिएन्ट , यु.के भेरिएन्ट आदि गर्दै देशको नाम जोडिन्थ्यो।