October 19, 2021

Halkhabar kura

Entertainment Site

उपत्यकाका ३ जना सि.डि.ओ को बैठकले फेरी उपत्याकामा गर्ने भयो ठुलो निर्णय। निषेधाज्ञा खुकुलो

1 min read

१८ जेठ, काठमाडौं ।

निषेधाज्ञा खुकुलो बनाउने निर्णय गर्नको लागि उपत्यकाका ३ जना सिडिओ को बैठक जारि रहेको बुझिएको छ।

अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले

आजबाट भने निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी भईरहेको छ ।

श्रोतका अनुसार आज बस्ने बैठकमा कोरोनाको हालको अवस्थाका बारेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेर आवश्यक निर्णय लिने बताइएको छ ।

पछिल्लो पटक खाद्य पसलहरुमा समेत प्रतिवन्ध लगाएपछि भिड धेरै हदसम्म नियन्त्रणमा आएको निष्कर्षमा अधिकारीहरु पुगेका छन् त्यसैले खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउनेबारे तयारी भईरहेको छ ।

कोरोना संक्रमणको दर उच्च भएपछि उपत्यकामा शुक्रबारदेखि एकसाताका लागि निषेधाज्ञामा कडाइ गरिएको थियो । स्वास्थ्य मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा पनि हाल संक्रमण दरमा केहि कमि आएको देखिन्छ । तर, कतिपयले परीक्षण नै कम भएकाले संक्रमितको संख्या घटेको पनि आशंका गर्ने गरेका छन् ।