October 19, 2021

Halkhabar kura

Entertainment Site

आज विश्व श्रमिक दिवस र वर्तमान यथार्थ !

1 min read

श्रमिक आपुर्तिका नाममा विभिन्न एजेन्सी खडागरी रोजगारदाताबाट माग भै आएका कोटामा श्रमिक आपुर्तिका लागि बेसिक सेलरिमा चरम बार्गिनिङ गर्ने तर श्रमिकलाइ चैं एक चौथाही पनि नदिने !

आज विश्व श्रमिक दिवस : बिदेसका हकमा सडे गलेका फृजका र स्वदेसका हक्मा झिङ्गगा भन्किएर हेर्दै घिनलाग्दा बासी खाना आधा पेट दिई १५/१६ घन्टा बेस्सरी जोत्ने !

विभिन्न बैंकका ड्राइभर , सेक्युरिटी गाड , क्लिनर , स्विपर , पोर्टर आदिमात्रै नेपाल र नेपालिको श्रम बजारको पहिचान हो भनी जबर्जस्त भनाउन खोज्ने र चुथ्थो रेटको रोजगारी बनाउन देस बिदेस बाट संलग्न दलालहरुका सिन्डिकेटलाइ पृस्ठपोसण गरि बाहिर श्रमिकका हकहितका चर्का नारा लगाउने आडम्बरी कम्युनिस्टहरु चरम गरिबिमा पिसुल्टिएका श्रमिकका सच्चा दुस्मनहरु हुन ।

आज विश्व श्रमिक दिवस : नेपाल्का कर्पोरेट भनिने दलिय संरचनाका चौघेरामा बाँधिएका र तिन्कै तलुवा चाटी आफुलाइ कर्पोरेटको नाम दिन सफल मिडियाका मालिक हरुबाट तिन्का कार्यालयमा जबर्जस्त काम गराइने साधारण श्रमिक , हरेक सरकारी अर्ध सरकारी हस्पिटल्मा काम गर्ने श्रमिक , विभिन्न Ngo/ Ingo मा काम गर्ने श्रमिक , विभिन्न इन्फास्ट्रक्चरको क्षेत्रमा ठेकेदारी मार्फत काम गर्ने श्रमिक , आजका वास्तविक श्रमिकहरु हुन ।

यी क्षेत्रमा काम गर्ने श्रमिकहरुलाइ आज बिचौलियाहरुले मर्नुन बाँच्नु बनाएर काम मात्रै लिइ रहेको यो संघिन घडिमा देस र जनतालाइ सर्बगुण सम्पन गराउछौं भनी लागि परेका नेता रुपि दलाल्हरुले समेत माथी उल्लेखित कर्पोरेट कार्यालयहरु जस्तै बिभिन्न कथित कार्यालय खोली अदृस्य रुपमा आफ्नो रछ्यान पुरिरहेका छन ।

आज विश्व श्रमिक दिवस : योदेसमा कृषी कर्म गर्नु अपराध ठहरिदै गएको छ , होचो अर्गेलो र निकम्मा समाज्मा उभिएको आफ्नो पहिचान नै नभएको युबाले पो कृषि कर्म गर्ने होत भने जस्तो कुकृत्यलाइ हवाला दिई आज देसका युबाहरुलाइ महिना कैले मर्छ र ३०/३५ हजार सेलरी रेमिटेन्स गरि नेपाल पठाउदछ भनी देसका हरेक नेता त्यो रेमिटेन्सको निस्चित % पाँउन आँ मुख बाएर बसेका छन ।
जता ततै भारतिय माल सामानले देसमा रजगज गरेको छ । खाडिमा दसौ बर्स दुख गरेको युबा देसमा केही गर्न तम्सिएर जान्छ तर छ महिना नबिद्दै उ नाङ्गेझार भै निरासा नै निराशाले थलिएर कैलेई बिदेस फर्निन्न भनी कसम खाएर आएको युबा पुन झोला बोकि सोही ८/९ सय बेसिक सेलरी स्विकारी दलाललाइ लाखौं रुपैयाँ बुझाएर पुन बिदेस फस्दछ , बर्सौ बेपता हुन्छ यति सम्मकी फर्कदा सास सहित फर्कन्छ वा बाकसमा फर्कन्छ अत्तोपत्तो सम्म पाँइदैन ।

 

आज विश्व श्रमिक दिवस : बजारमा दैनिक उपभोग्य सामान देखि हरेक सामान भारतबाट आयात गरिदो छ , यति सम्मकी भारतिय बजारमा ५० पैसामा पाइने औषधि सिटामोल नेपालिले ५ रुपैयाँ बढीमा खरिद गरि खान परिरहेको छ । ती सिटामोल बेच्ने मेडिकल माफिया , खुलेका मेडिकल एसोसिएसन , काउन्सिल , र मेडिकल रेपृजेन्टिभहरु पनि प्राय प्राय भारतियनै छन ।

कपाल काट्न जानोस नायल भारतिय , सुर्ती किन्न जानोस व्यापारी भारतिय , दारी बनाउन जानोस सैलुन भारतिय , जुत्ता पोलिस गर्न जानोस चमार /पालिसदार भारतिय, कालिमाटी तरकारी बजार जानोस ९०% सब्जी दलाल भारतिय , रिक्सा कुदाउने भारित , घर बनाउने भारतिय,
ठेक्का पट्टामा बनिने ठुला पुल , बाटा , नहर , हाइड्रोपावरप्लान्ट , बिजुली ट्रान्समिसन लाइन सब्मा भारतिय , सामान पनि भारतिय ,टेक्नोलोजी समेत भारतिय !

कुनै एउटा गाडिको इन्जिन छोड्नोस त्यो इन्जिन्मा लाग्ने एउटा सानो नटबोल्ट मोसिङ भए एक हप्ता पर्खाएर त्यो नट बोल्ट फिटिङ उतै बाट आयात भै फिटिङ / फिटर दुबै भारतिय !डिजेल , पेट्रोल र मटितेल बायुयान इन्धन आदि सब भारतिय , पेट्रोलपम्प नाम्का नेपालिका तर अपरेटर , तेल भर्ने कामदार सब भारतिय !!

आज विश्व श्रमिक दिवस : विश्व मानचित्रमा नेपाल्को डाटा र सुचकाङ्क हेर्दा अत्यास लाग्दछ जता ततै विशेष गरि विश्व श्रम बजारमा भारतिय कामदार बाटै नेपालि पिडित भएको देखेको छु ।

‘इक्वेल भ्यालु अफ वर्क’ को सिद्धान्तमा रही हरेक रोजगारदाताले समान कामका लागि पारिश्रमिक भेदभाव गर्न नहुने कुरा उल्लेख गरेको छ। नियम तथा कानुन बने पनि श्रमिकको अवस्था अझै उस्तै छ। आज पनि लाखौं युवा खाडी मुलुकमा काम गर्न बाध्य छन् । तिन्को बारे नेपाल सरकारले खाली रेमिटेन्स र लास जम्मा गर्न मात्रै जान्यो तर तिन्को अवस्था के छ , ती कसरी बसेका छन , कस्तो खान्छन र के काम गर्दछन भनेर बुझ्न प्रजातन्त्र प्राप्तिको तीन दसकमा कैलेई चासो देखाएन !

अझ ठूलो बिडम्बनात के छ भने नेपाल सरकारबाटै आधिकारिक रुपमा खोलिएका राजदुताबास र खटाइएका कर्मचारी / श्रमसहचारि मार्फत नै सेटिङ बाट नेपालीले पाउन सम्म दुख पाएका छन , महिलाको हकमा बिस्तारा गरम गरे पछि मात्रै उन्को काम बन्ने आम चलन बन्यो भने अलि कडा मिजासको युबा श्रमिक छ भने तिमी आफै जान्दा रहेछौत किन यहाँ आएको तिमी आफैं जे गर्नु छ गर भनी धम्क्याएर अफिसमा नपुग्दै गेट बाटै धक्का मारी लखेटिन्छन ।

आज मे १ तारिक विश्व श्रमिम दिवसरे : हो यो देसमा जन्मिएर बिस्वका कुना कुनामा कठिन भन्दा कठिन शारिरिक काम गर्न बाद्य नेपालिको कुनै इज्जत छैन, इज्जतमात्र कहाँ होर कमाइ पनि काम अनुशारको कहाँ छ र ! चरम विभेद , अन्याय र सेम प्रकृतिको काम्मा अन्य रास्ट्रका श्रमिकलाइ भन्दा चरम सेवा सुबिधामा सोसण नेपालिको दैनिकी बनेको छ तर पनि आफ्नो निकम्मा राज्य र शासकहरुको कारण दैनिक बदनाम हुँदै गै रहेको नेपालिले सेवा सुबिधा सङ्गै बद्नामी पनि त्यतिनै कमाइ रहेको छ तर पनि उ मौन छ किनकी उस्को न टेक्ने छ न समाउने !
माफगर्नुहोला

दुखका साथ भन्न पर्छ श्रम सम्झौतै भए पनि खाडिका अधिकांश मुलुकहरुमा आएका हाउसमेड लेडिज ओर्कर ( खदामा ) तिनै अरबिका रछ्यान बनेका छन । अपबाद बाहेक कमै मात्र बचेका होलान जो नेपाल्को श्रम संझौताले त झन लिगल बाटोनै बनाइ दिएको छ । तपाईं हरुले पनि केही महिना अगि मात्रै पढ्नु भएकै होला गत शाल कोभिडको महामारिले थलिएर महिनौ घरमै कैद भै कुबेत तिर बाट नेपाल फर्कने क्रम्मा सुन्दर नेपाली दिदिबहिनिहरुको पेट डम्म मोटाएर ८०/८५ जना दुई जिउका त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल्वाट एक्कै पटक भित्र्याउन नेपाल सरकार स्वयम् कस्सिएको घटना अनि विभिन्न संस्थाहरुले सहजिकरण गरि तिन्को उद्दार गरेको पनि ताजै छ नि हैनर !
मेरो यो आलेख्मा यस्ता हरफहरु कैद गर्दै गर्दा मेरा हातहरु लर्बराउछन अनि म जसो तसो सम्हाली पुनः धर्मराउदछु !

अनि कानुन पढ्दछु

अरे वा भन्न मन लाग्दछ अनि प्राक्टिकल्ली हेर्दछु खुई आँउदछ हात खुट्टै बिलाउदछन अनि सुस्केरा हाल्दछ।

वि.सं १९१० को मुलुकी ऐनअन्तर्गत खेताला, भरियालाई रोजको १० पैसाका दरले ज्याला दिने, कैदीलाई सडक खन्याउन लगाउँदा ६ पैसा ज्याला दिने, कर्मचारी, जंगी, गैर जागिरदारका लागि ज्याला व्यवस्था त्यतिबेलै गरिएको थियो। २००७ सालको संविधानमा मजदुर, स्त्रीलाई बलपूर्वक, बालबालिकालाई कलिलो उमेरलाई दुरूप्रयोग गर्नु नहुने जस्ता कुरा राज्यको नीति निर्देशक सिद्घान्त अन्तर्गत राखिएको थियो।
सम्झनोस्त उतिबेलाका यी कानुनी हरफहरु आहा कति सुन्दर छन हगि !

तर वास्तबिकता चैं यहाँ पस्कन्छु : हिजो बेलुकी म मेरि छोरिले बनाएको टिकटक हेर्दै थिँए। अनायसै उन्को टिक्टक सँङ्गै अर्को टिकटक स्लाइड भएछ त्यहाँ कुबेत बाटै एक जना नेपाली मुलकी चेली रुँदै लाइभ गर्दी रहिछन र भन्दी रहिछन म अरब आएको चार शाल भयो , मैले केवल अरबिको घर देखे ,गाडी देखे उनका बाल बच्चा स्याहारे र उन्को श्रीमती नभएको मौका छोपी त्यो अरबिको प्यास त कत्ती बुझाए कत्ती ! अनि थप्दै थिइन अबको एक महिनामा जसरी पनि नेपाल जानू छ तर टिकट काट्ने पैशा आफू सँङ छैन ।

म सधै मटन बिर्यानी खान्छु तर मैले डेड बर्सको छोडेको मेरो काखे छोराले हजुरामाले भुटेर दिएको मकै चपाउन सक्दैन रे र हजुरामाकै चाउरी परेको बूढो मुखले चपाई उगेलेर दिएको मकै खुब मीठो मानी मानी खान्छ रे साथै पल्लो घरबाट मागेर ल्याएको चौलानी जस्तो महि पनि पिई हिजो आज खुब हृस्टपुस्ट भएको छ रे ।

मैले मेरो छोरो देख्न पिलेन टिकेट जुटाउन मेरो मालिकको कैलेई पूरा नहुने चाहाना खै अझै कतिबर्स पूरा गरेपछी मेरो टिकट को रकम जुट्ने हो , जुट्ने हो वा मेरो दम पैला घुट्ने हो!!

तर म जसरी पनि अर्को महिना नेपाल जानू छ । धेरैलाइ यो काल्पनिक लाग्न सक्छ तर म भन्छु काल्पनिक नलागोस पनि कसरिर ? किनकी मद्य पुर्बका खाडी देसहरुमा अन्य देसबाट इम्पोर्ट गरिएका मजदुरका हकहितका लागि ILo लेवर कोट , राजदुतावास , श्रमसहचारी , सँङ्घ संगठन सब्का सब तिनै अरबी र तिन्कै निर्णय हो । कुनै माइका लाल्ले केही उखेल्न सक्नेवालै छोइन यो आँखा अगाडिको दृस्यावलोकन हो ।
यो आलेख आज श्रमिक दिवसका कारण एक रेगिस्थान बस्ने युबाले भोगेका / प्रतक्ष आँखाले देखेका कार्यबिधिहरुको संङ्गालो हो जो अपत्यारिला झैं देखिन्छन सायद आज मे १ यो रुपमा नहुदो होत यी अक्षर रब्द र बाक्यहरु पनि यहाँ छछल्किएर पोखिदैन थिए होला :।

अन्त्यमा

केही शाल अघिमात्रै हट्टघट्ट बिदेसिएको नौजवान बाकसमा प्याक भै शवको रुप धारण गरि दैनिकजस्तो २-३ वटा भन्दा बढी को लास नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिने गरेको तथ्यले बयान गरिरहेको छ। नेपालमा अधिकांश र निम्नमध्यम वर्गको जीविको पार्जन रेमिट्यान्समा निर्भर छ। रेमिट्यान्सको भरमा छोराछोरी महँगो स्कुलमा पढाएका छन्, गाउँबाट सहरमा बस्न थालेका छन्।

बैंकबाट ऋण लिएर घर बनाएका छन्। अहिले विश्वभर कोरोनाको कहर छ। विभिन्न अध्ययनअनुसार लाखौंले रोजगार गुमाउँदै छन्। अमेरिकामा मात्र अप्रिल सकिदा नसकिदै १५ प्रतिशत मानिस बेरोजगार भएका खबर छन । यस्तो अवस्थामा लाखौँ नेपाली युवा स्वेदश फर्कंदै गर्दा राज्यले कसरी सम्बोधन गर्ला न फेद छ न टुप्पो, न टेक्ने न समाउने ! रेमिट्यान्सको ६० प्रतिशत निम्न र मध्यम वर्गमा पुग्ने परिवारको जीवनयापन कसरी हुन्छ?

यहाँत खाली
सहरियाका लागि मोज छ , गरिबका लागि शोक ,
बन्दै गएको मे १ को यो आम चलनको ब्रेक थ्रु खै कैले को बाट भै नेपाल्मै आफ्ना चेलिहरु उतै रमाउलान अनि म जस्ता नौजवान हरुले दिनभरिको मेहनत पछिको पसिनाले भिजेको सट आफ्नै घरमा अर्धाङिनिसँगै बसि फेर्न पाउलान !!
उफ ::

खतिवडायोगेन्द्र
रेगिस्थान बाट ।