January 21, 2022

Halkhabar kura

Entertainment Site

कोरोना भाइरस कहर: यी भारतीय कलाकार जसले लकडाउनमा ठूलो आर्थिक सहयोग गरे

1 min read

एजेन्सी ।  कोरोना भाइरसको संक्रमणबाट भारतमा अहिलेसम्म ३२ जनाको मृत्यु भइसकेको छ । १२ सयभन्दा धेरै यसको संक्रमणका कारण मृत्युसँग जुधिरहेका छन् । कोरोनाको संक्रमणलाई महामारीको रुपमा फैलिन नदिन भारत सरकार यतिबेला २१ दिने लामो लकडाउनमा छ ।

सरकारले लकडाउन घोषणा गरेर नागरिकलाई घरबाहिर ननिस्किन आग्रह गरिरहेका बेला कोरोनासँग लडिरहेको सरकारलाई कलाकारहरुले पनि सहयोग गरिरहेका छन् ।

बलिउड स्टार अक्षय कुमारले २५ करोड भारतीय रकम सहयोग गर्ने घोषणा गरेका छन् । उनको यो सहयोगले भारतीय सञ्चार माध्यममा ठूलो स्थान पाइरहेको छ ।

अर्का बलिउड स्टार सलमान खानले २५ हजार फिल्मी मजदुरलाई सहयोग गर्ने घोषणा गरेका छन् । सलमानले भारतमा रहेका ५ लाख फिल्मी मजदुर मध्ये २५ हजार गरिब मजदुरलाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनले फिल्मी मजदुरहरुको संगठनलाई लकडाउनले दैनिक जीविका गर्न कठिन २५ हजार मजदुरको बैंक खातामार्फत् आर्थिक सहयोग गर्ने भएका छन् ।

भारतमा २१ दिन लामो लकडाउनले दैनिक ज्याला मजदुरी गर्ने कामदारको जनजीवन कठिन बनिरहेका बेला सलमानले मजदुरलाई सहयोग गर्ने भएका हुन् ।

साउथ इन्डियन हिरो प्रभासले पनि सरकारलाई ठूलो रकम सहयोगको घोषणा गरिसकेका छन् । बाहुबलीमार्फत् बलिउडमा पनि आफ्नो बलियो उपस्थिति जनाएका प्रभासले तीन करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
पवन कल्याणले डेढ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् भने महेश बाबुले २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् ।

टेलिभिजन कमेडियन कपिल शर्माले ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

अभिनेता ऋतिक रोशनले पनि कोभिड–१९ विरुद्धको लडाईंमा सहयोग गरेका छन् । एन–९५ र एफएफपी–३ माक्स उपलब्ध गराएका छन् ।

अभिनेत्री बिरुस्काले ३ करोड, नाना पाटेकरले ५० लाख तथा सिल्पा सेट्टी २१ लाख रुपैयाँ उपलब्ध गराएका छन् ।

यस्तै भारतका विभिन्न प्रान्तीय चलचित्र उद्योगका कलाकारले आआफ्नो राज्य सरकारलाई पनि सहयोग गरिहेका छन् ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्ररुपमा बढिरहेको छ । हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित महाराष्ट्रमा भेटिएका छन् । महाराष्ट्रमा २२३ जना कोरोना संक्रमित छन् भने केरलामा २२१ जनामा संक्रमण भएको छ ।

भारतमा अप्रिल १४ सम्मका लागि लकडाउन घोषणा गरिएको छ । नागरिकलाई अत्यावश्यकबाहेक घरबाट ननिस्किन आग्रह गरिएको छ । कलाकारहरुले पनि भारत सरकारले गरेको निर्णय र आग्रहलाई आफूले पालना गरिरहेको भन्दै आम जनतामा पनि सोही आग्रह गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.