November 29, 2021

Halkhabar kura

Entertainment Site

कोरोना सर्ने भन्दै नर्सलाई डेराबाट निकालेको आरोपमा घरधनी नियन्त्रणमा

1 min read

काठमाडौं । कोरोना भाइरस (कोभिड १९ )सर्ने भन्दै नर्सलाई डेराबाट निकालेको आरोपमा दाङको घोराही उपमहानगरपालिका २ का वडासचिव नारायण आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही १८ नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी नर्स सिर्जना खड्कालाई निकालेको आरोपमा उनलाई पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

दाङका प्रहरी प्रवक्ता सुमित खड्काका अनुसार आरोपबारे अनुसन्धानको क्रम जारी रहेको छ । उहाँका अनुसार वडा सचिव आचार्यले आरोप अस्वीकार पनि गरिसकेका छन् । घरधनी आचार्यकाअनुसार नर्स खड्का पहिले रोल्पाका दुई किशोरी बस्ने कोठामा सँगै बस्न आएकी थिइन् ।

पछि ती किशोरी कोठा छाडेर गएपछि नर्स एक्लै बस्न थालेकी थिइन् । ‘त्यसपछि वडा सचिव आचार्यले मैले तिमीलाई डेरा दिएको होइन । रोल्पाली किशोरीहरुलाई पो दिएको हुँ भनेर कोठा खाली गर्न लगाएको भन्ने दावी आरोपीको छ ।’ डीएसपी खड्काले भन्नुभयो ।

यसअघि प्रमुख जिल्ला अधिकारी रिजालले प्रेस विज्ञप्ति निकालेर केही घरधनीहरुले स्वास्थ्यकर्मीलाई घरबाट निस्किन भनेको सुन्नमा आएको भन्दै यदि त्यसो गरिए कारबाही गर्ने चेतावनी दिएका थिए ।

 कोरोना भाइरस (कोभिड १९ )सर्ने भन्दै नर्सलाई डेराबाट निकालेको आरोपमा दाङको घोराही उपमहानगरपालिका २ का वडासचिव नारायण आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही १८ नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी नर्स सिर्जना खड्कालाई निकालेको आरोपमा उनलाई पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

दाङका प्रहरी प्रवक्ता सुमित खड्काका अनुसार आरोपबारे अनुसन्धानको क्रम जारी रहेको छ । उहाँका अनुसार वडा सचिव आचार्यले आरोप अस्वीकार पनि गरिसकेका छन् । घरधनी आचार्यकाअनुसार नर्स खड्का पहिले रोल्पाका दुई किशोरी बस्ने कोठामा सँगै बस्न आएकी थिइन् ।

पछि ती किशोरी कोठा छाडेर गएपछि नर्स एक्लै बस्न थालेकी थिइन् । ‘त्यसपछि वडा सचिव आचार्यले मैले तिमीलाई डेरा दिएको होइन । रोल्पाली किशोरीहरुलाई पो दिएको हुँ भनेर कोठा खाली गर्न लगाएको भन्ने दावी आरोपीको छ ।’ डीएसपी खड्काले भन्नुभयो ।

यसअघि प्रमुख जिल्ला अधिकारी रिजालले प्रेस विज्ञप्ति निकालेर केही घरधनीहरुले स्वास्थ्यकर्मीलाई घरबाट निस्किन भनेको सुन्नमा आएको भन्दै यदि त्यसो गरिए कारबाही गर्ने चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published.