November 28, 2021

Halkhabar kura

Entertainment Site

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ हजार भन्दा बढी, ८ लाख ५७ हजार संक्रमित

1 min read

काठमाडौं । कोरोना भाइरसको संक्रमणले थप गति लिएको छ । नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट हुने मृत्यु पनि लगातार बढ्दै गएको छ । कोरोना भाइरस संक्रमणको हालको इपिसेन्टर अमेरिकामा नयाँ संक्रमण तथा मृत्युले मंगलबार नयाँ उचाई लिएपछि चिन्ता थप सघन बनेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा सात सय २६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ८६७ पुगेको छ । अमेरिका मृत्यु हुनेको संख्यामा पनि चीन भन्दा अघि लागेको छ ।

यस्तै थप २३ हजार ९४१ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कुल संक्रमितको संख्या एक लाख ८७ हजार ७२९ पुगेको छ ।

इटाली र इटालीमा क्रमशः थप ८३७ र ७४८ जनाको मृत्यु भएपछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या क्रमशः १२ हजार ४२८ र ८ हजार ४६४ पुगेको छ ।

इटालीमा एक लाख पाँच हजार ७९२ तथा स्पेनमा ९५ हजार ९२३ जनामा संक्रमण पुष्टि भएको छ । चीनमा भने नयाँ संक्रमित तथा मृत्यु हुने थपिएका छैनन् । चीनमा कुल संक्रमितको संख्या ८१ हजार ५१८ तथा मृत्यु हुनेको संख्या ३३ सय पाँच रहेको छ ।

विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म ४२ जहार ११४ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या ८ लाख ५७ हजार २९९ रहेको छ । अहिलेसम्म एक लाख ७७ हजार १४१ जना निको भएर घर फर्किएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार कोरोना भाइरस संक्रमणलाई पहिलो पटक अति गम्भीर रुपमा लिएको देखियो । उनले कोरोना भाइरस सम्बन्धी ब्रिफिङ्गको क्रममा उनले अमेरिकामा एक लाखदेखि दुई लाख मानिसको मृत्यु हुने चेतावनी दिएका छन् ।

विश्वभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण चार हजार ३४१ जनाको मृत्यु भएको छ । यस्तै ७२ हजार ५६१ संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published.