November 28, 2021

Halkhabar kura

Entertainment Site

प्रधानमन्त्री ओलीको दोस्रो पटक बुधबार मिर्गौला प्रत्यारोपण गरिने, भोलि अस्पताल भर्ना हुँदै

1 min read

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । मिर्गौला प्रत्यारोपण महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा हुने भएको छ ।
आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपरणबारे जानकारी गराएको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले आज बिहान ग्रान्डी अस्पतालमा मिर्गौला डायलासिस गराउनुभएको थियो । ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लाग्नुभएको हो ।
यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनुहुने छ ।

प्रधानमन्त्री ओलीको यसअघि २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो पटक मृगौलामा समस्या देखिएपछि परीक्षणका लागि उहाँ सिंगापुर जानुभएको थियो । त्यसयता उहाँले नियमित डायलासिस गराउँदै आउनुभएको छ ।

यस्तै प्रधानमन्त्री ओलीलाई नातिनीले मृगौला दिने छिन् । मृर्गौला प्रत्यारोपण गर्नका लागि नातिनीसँग ‘म्याच’ भएको हो । त्रिवि शिक्षण अस्पतालका अनुसार नातिनीको मिर्गौला म्याच गरेपछि उनी मृगौला दिन तयार भएकी हुन् ।

प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीको नाम गोप्य राखिएको छ । उनी पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सामिप्यतामा रहेकी थिइन् । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो ।

यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो । यस्तै प्रधानमन्त्री ओली भोली मिर्गौला प्रत्यारोपणका लागि टिचिङ अस्पताल भर्ना हुने भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री ओली भोली मिर्गौला प्रत्यारोपणका लागि टिचिङ अस्पताल भर्ना हुनुहुनभे भएको छ । डा प्रेम ज्ञवाली नेतृत्वको टोलीले आगामी बुधबार उहाँको मिर्गौला प्रत्यारोपण गर्ने भएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । मिर्गौला प्रत्यारोपण महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा हुने भएको छ ।
आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपरणबारे जानकारी गराएको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.