November 28, 2021

Halkhabar kura

Entertainment Site

यी १०५ बर्षिया वृद्धाले गरिन् प्रथम श्रेणीमा चार कक्षा पास !

1 min read

शिक्षा लिनका लागि कुनै उमेर हुँदैन । तपाई जुन कुनै उमेरमा पनि अध्ययन गर्न सक्नुहुन्छ । तर हाम्रो समाजका केहि मानिसहरु भने शिक्षा भन्ने कुरा केवल बच्चा बेलामा मात्र लिने मनशाय र सोचका हुने गर्दछन् । यदि कोहि पनि वृद्ध व्यक्ति बुढेसकालमा शिक्षा लिन चाहायो भने त्यसलाई मिहेनतको कदर गर्नुको सट्टा मानिसको उमेर तिर ध्यान दिन्छन् ।

भारतको केरलामा १०५ वर्षकी भागरथी नामकी एक वृद्धाले ४ कक्षाको परिक्षा दिएर पास गरेकी छिन् । उनले आफूले पाएको उक्त सफलता पछि आफू ९ वर्षको हुँदा आमाको मृत्यु भएको र त्यसपछि अध्ययन गर्न नसकेको भारतीय सञ्चारमाध्यासँग बताएकी छन् ।

”घरको जिम्मेवारीका कारण पढ्न सकिन, त्यसपछि विवाह भईहाल्यो” उनले भारतीय सञ्चारमाध्यामसँगको कुराकानीका क्रममा भनिन् । तर पढ्न धेरै नै मन भएको कारणले उनलाई गएको वर्ष छोराले राज्यको साक्षरता अभियान अन्तर्गत ४ कक्षामा भर्ना गरिदिएका थिए ।

यो वर्षको ६ फेब्रुअरीमा उनको रिजल्ट आएके थियो । उक्त परिक्षामा उनले ७४ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेकी थिइन् ।

“जहाँका महिला जीवनभर मात्र एकपटक नुहाउँछन्, त्यो पनि आफ्नो विवाहमा”

केरलाकि १०५ वर्षकी भागरथी नामकी एक वृद्धाले ४ कक्षाको परिक्षा दिएर पास गरेकी छिन् ।

अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु आफ्नो जिवन पर्यन्तसम्म मात्रै एकपटक नुहाउने गर्दछन् । त्यो पनि आफ्नो विवाह हुने बेलामा ।

उक्त समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध छ । साथै उनीहरुले आफ्नो कपडा धुन पनि पाउँदैनन् । त्यहाँका महिलाको शरीरको छालाको रंग पनि रातो हुन्छ । हिम्बा जनजातीका महिलाहरु नुहाउनुको साटो शरीरबाट दुर्गन्ध नआओस् भनेर विशेष प्रकारका जाडिबुटीहरुलाई पानीमा उमालेर त्यसबाट आउने वाफले आफ्नो शरीरलाई फ्रेस राख्ने गर्दछन् ।

त्यसै कारणले कहिल्यै ननुहाउँदा पनि उनीहरुको शरीर दुर्गन्धित भने हुँदैन । प्राय जिउ नांगो राख्ने यस समुदयाका महिलाहरु आफ्नो छालालाई घामबाट बचाउनका लागि विशेष खालको लोसन लगाउने गर्दछन् ।

त्यो लोसन जनावरको बोसो र हेमाटाइट नामक खनिजको धुलोलाई एकसाथ मिलाएर तयार पारिन्छ । हेमाटाइटका कारण छालाको रंग रातो हुने गर्दछ ।

लेपनले उनीहरुको ज्यानलाई किराहरुले टोक्नबाट जोगाउने गर्दछ । पुरुषहरुबाट अलग देखिनलाई पनि त्यस समुदायका महिलाहरु शरीरमा रातो रंग लगाउँने गर्दछन् ।

-लोकपाटीबाट

Leave a Reply

Your email address will not be published.