November 28, 2021

Halkhabar kura

Entertainment Site

सुनको मुल्य आज तोलामा एक हजार दुई सय घटेर ७८ हजारमा कारोबार हुँदै

1 min read

काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य घटबढ हुने क्रममा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा आइतबार एक हजार दुई सय रुपैयाँले घटेर ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार दुई सय रुपैयाँले घटेर ७७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साता शुक्रबार तेजाबी सुनको मूल्य ७८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

यो पनि पढ्नुस,

साताको शेयर बजार: लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक १९७।६० अङ्कले बढ्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १८० कम्पनीका चारकरोड ४९ लाख ४४ हजार ११३ कित्ता शेयर कुल रु १८ अर्ब ६२ करोड ६६ लाख २२ हजार ४०७ मा खरिद बिक्री भए । साताको पहिलो दिन नेप्सेमा उच्च अङ्कको वृद्धि देखियो । आइतबार नेप्से झण्डै ७० अङ्कले बढ्यो । ‘बुलिस ट्रेन्ड’ देखिएको बजारमा नेप्से ६९्.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो ।

लामो समयपछि बजारमा आइतबार ‘सर्किट ब्रेक’समेत लगाउनुप¥यो । लगानीकर्ता ओइरिएर शेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाब पर्न गयो । सोही कारण कारोवार शुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनुपरेको थियो । सो दिन कूल १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर रु तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ मूल्यमा खरिद बिक्री भए ।

साताको दोस्रो दिन नेप्सेमा सामान्य गिरावट आयो । सोमबार नेप्से १।९६ ले घट्यो । नेप्से झिनो अङ्कले घटे पनि कारोवार रकम भने तीन अर्ब माथि रह्यो । सो दिन कूल १७९ कम्पनीका कूल ८३ लाख ४८ हजार २३४ कित्ता शेयर रु तीन अर्ब ४१ करोड पाँचलाख १६ हजार २७८ बराबरको कारोवार भए ।

सोमबार केही गतिरोध आएको बजारमा मङ्गलबार भने भारी सुधार देखियो । उक्त दिन नेप्से ४३।०२ ले बढ्यो । नेप्सेको उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत वृद्धि भयो । कुल १८० कम्पनीका ७० लाख ५९ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्य बराबरको शेयर खरिद बिक्री भए ।

धितोपत्र बजारमा नेप्से परिसूचकमा उच्च वृद्धि हुने क्रम बुधबार पनि जारी रह्यो । सो दिन नेप्से परिसूचक ५०।९३ अङ्क बढ्यो । बुधबार कूल १८० कम्पनीका ९९ लाख छ हजार ९८९ किता शेयर रु चार अर्ब १५ करोड ४८ लाख ८३ हजारमा कारोबार भए ।

साताको अन्तिम दिन नेप्से ३६।०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । नेप्सेमा भारी वृद्धि हुँदा कारोवार रकम झण्डै साढे चार अर्ब पुग्यो । बिहीबार कुल १८० कम्पनीका एक करोड आठ लाख ५९ हजार ६५६ कित्ता शेयर रु चार अर्ब ४६ करोड पाँचलाख ३६ हजार २५१ मा खरिद बिक्री भए ।

Leave a Reply

Your email address will not be published.