November 29, 2021

Halkhabar kura

Entertainment Site

आज मौसम आंशिकदेखि सामान्य बदली

1 min read

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचना अनुसार हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रहेको छ ।

बाँकी भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पश्चिमी भूभागसहित मध्य र पूर्वको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आज राति देशको पश्चिमी भूभागसहित मध्य र पूर्वको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनु मौसमविद्हरूले अनुरोध गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचना अनुसार हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रहेको छ ।

बाँकी भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पश्चिमी भूभागसहित मध्य र पूर्वको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आज राति देशको पश्चिमी भूभागसहित मध्य र पूर्वको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनु मौसमविद्हरूले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published.