November 28, 2021

Halkhabar kura

Entertainment Site

नेकपा केन्द्रीय समिति बैठक: जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न आयोग गठनको माग

1 min read

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी केन्द्रीय समिति बैठकमा नेता तथा तीनै तहका सरकारमा पुगेका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न आयोग गठनको माग गरिएको छ । केन्द्रीय समितिको हिजोको बैठकमा विभिन्न समूहका टोली नेताले छलफलका निष्कर्ष सुनाउने क्रममा सम्पत्ति छानविन आयोग गठनको माग गरेका हुन् । राष्ट्रियसभा गृहमा जारी बैठकमा हिजो चारवटा समूहका टोली नेताले रिपोर्टिङ गरेका थिए ।

पारदर्शिता, सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने र कतिपयको आवश्यक परे सम्पत्ति छानविननै हुनुपर्ने कुरा आएको नेताहरुले बताएका छन् । समूह ११ का टोली नेता लेखनाथ न्यौपानेले आयोग गठनको प्रस्ताव राख्नुभएको थियो । तीन दिनदेखि जारी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावबारे छलफल भएको नेता रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।

आज बाँकी समूहका नेताले बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनको निष्कर्ष सुनाउनेछन् । बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गते भोलिको समय निर्धारण गरिएको छ । बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल र अनुमोदनको कार्यसूची पनि छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी केन्द्रीय समिति बैठकमा नेता तथा तीनै तहका सरकारमा पुगेका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न आयोग गठनको माग गरिएको छ । केन्द्रीय समितिको हिजोको बैठकमा विभिन्न समूहका टोली नेताले छलफलका निष्कर्ष सुनाउने क्रममा सम्पत्ति छानविन आयोग गठनको माग गरेका हुन् । राष्ट्रियसभा गृहमा जारी बैठकमा हिजो चारवटा समूहका टोली नेताले रिपोर्टिङ गरेका थिए ।

पारदर्शिता, सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने र कतिपयको आवश्यक परे सम्पत्ति छानविननै हुनुपर्ने कुरा आएको नेताहरुले बताएका छन् । समूह ११ का टोली नेता लेखनाथ न्यौपानेले आयोग गठनको प्रस्ताव राख्नुभएको थियो । तीन दिनदेखि जारी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावबारे छलफल भएको नेता रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।

आज बाँकी समूहका नेताले बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनको निष्कर्ष सुनाउनेछन् । बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गते भोलिको समय निर्धारण गरिएको छ । बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल र अनुमोदनको कार्यसूची पनि छ ।

Leave a Reply

Your email address will not be published.