October 17, 2021

Halkhabar kura

Entertainment Site

प्रदिप पौडेलले २०० जना नेकपाका कार्यकर्तालाई काँग्रेसमा प्रवेश गराएपछि मोरङमा हलचल !

1 min read

मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस भ्रष्टाचारविरुद्धमा सदैव उभिरहेको बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बुधबार मोरङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पौडेलले काँग्रेस भ्रष्टाचार विरोधी अभियानको नेतृत्व तयार हुनुपर्ने पनि बताए ।

सरकार नीतिगत रूपमै भ्रष्टाचार संरक्षण गर्न लागेको दावी गर्दै उनले त्यसविरुद्ध काँग्रेसको खबरदारी जरुरी रहेको बताए ।


अर्को प्रसंगमा पौडेलले पार्टीको महत्वपूर्ण कार्यभार त्यसका लागि कार्यतालिका बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

यस्तै प्रतिपक्षको रुपमा काङ्ग्रेसले प्रभावकारी भूमिका गर्न नसके निरासा बढेर जानसक्ने उल्लेख गर्दै उनले त्यसका लागि सबैभन्दा पहिले काँग्रेस आफै सच्चिनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा ओली सरकारले जनतालाई बाचा गरेको कुरा नपुराएको, भ्रष्टाचारमा चुर्मुल डुबेर राष्ट्राघात गरेको भन्दै २०० जना नेकपाका सक्रिय कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।

एकै पल्ट २०० जनाले नेकपा छोडेपछि नेकपा मोरङमा हलचल मचिएको श्रोतको दाबि छ ।

Leave a Reply

Your email address will not be published.