October 28, 2021

Halkhabar kura

Entertainment Site

सि’आईएका कन्ट्याक्ट पर्सनहरुका वि’जोगका दिनहरु सुरू हुँदै, इण्डो-अमेरीकी द’लालहरुलाई प्रश्न !

1 min read

इण्डो-अमेरीकी द लालहरुलाई प्रश्न– एमसीसीको परियोजना नेपालका लागि अहोभाग्य हो र यसले नेपाललाई समृद्ध बनाउँछ भन्ने दलालहरुले यसभन्दा पहिले पनि यस्तै प्रचार गर्दै आएका छन्। यीनीहरुका दाबिहरुले के गरे ?
१. महाकाली सन्धिबाट बर्षेनी १ खरब २५ अरब आम्दानी हुन्छ भन्ने यीनै गैरजिम्मेवार द लालहरु हुन्। त्यो पैसा कहाँ छ ?

२. नेपालमा बर्षेनी २५ अरब रुपैयाँ एनजिओहरुको नाममा आउँछ, त्यसले नेपाललाई कति समृद्ध बनायो ?

३. आजसम्म खरबौं रुपैयाँको मात्रामा आएको विदेशी अनुदान कहाँ कहाँ कायापलट गरे ? कति उत्पादन बढ्यो ? ब्यापारघाटा कति कम भयाे ?

४. देशका राष्ट्रियि उद्योगहरु नबेच्दासम्म नेपालको विकास हुँदैन भनेर अर्थतन्त्र बेचि खानेहरुले थप कति लाख नेपालीलाई रोजगारी दिए ?

दलालतत्व देश र नागरिकप्रति पूरै गैरजिम्मेवार हुन्छ। यो कुतत्वले विदेशीहरुको कामममा बाचा पूरा गर्छ तर देश र नागरिकलाई ढाँट्छ मात्र। पाखण्डि कुरा गरेर देशलाई रसातलमा पुर्याउने यो अपराधि तप्कामाथि कहिल्यै विश्वास गर्नु हुँदैन। पहिले गरेका बकबासहरुझैं एमसीसी पनि बकबास हो। यसले देशलाई खाडलमा हालेपछि सबै तस्विर स्पष्ट हुन्छ।

योजनाबद्ध रुपमा संगठित हुँदैछ माफिया पूँजीवाद, ईण्डो-पश्चिमा डिजाईन लागु गर्न फासिवादको बाटो

केपी ओलीको सरकारबाट हुँदै आएका २ प्रकारका कामहरुबारे राम्ररी ध्यान दिन आवश्यक छ। एकातिर यसले देशको सम्पत्तिलाई मुठ्ठिभर कुलिन माफियाहरु र अभिजात वर्गिय राजनीतिक दलालहरुको हातमा केन्द्रित गर्दै जाने योजनालाई तिब्र बनाएको छ। एनसेल प्रकरण, गुठी विधेयक, यति प्रकरणहरु यस्तै उदाहरणहरु हुन्।

अर्कोतिर यसले साम्राज्यवादको आफ्नो दलाल तप्कालाई निरङ्कुस बनाएर नेपालभित्र तय गरिएको भूराजनीतिक रणनीति कार्यान्वयन गर्ने योजना अघि बढाएको छ। ओली सरकारले सशस्त्र र जनपथ प्रहरी, गुप्तचर, निजामती प्रशासन, साईबर कानून आदी मुठ्ठिभर शासकहरुको हातमा केन्द्रीत गरेर फासिवादी बाटोबाट साम्राज्यवादी रणनीति कार्यान्वयन गर्न खोजिरहेको छ। एमसीसी प्रकरण यसै कोणबाट उत्पन्न भएको विवाद हो।

पश्चिमा साम्राज्यवादले चिली, साउदी अरब, इराक, लिविया लगायत विश्वका धेरै देशहरुमा यही निति लागु गरेर काम गरिरहेको छ। नेपालमा ओली र कथित प्रतिपक्षि कांग्रेसलाई प्रयोग गरेर देशका संपूर्ण श्राेतसाधन र संपूर्ण पूँजीलाई सिमित माफियाहरुको हातमा ल्याउने, यो लुटलाई जोगाउन र साम्राज्यवादी रणनीतिलाई कार्यान्वयन गर्न सत्तालाइ फासिष्ट बनाउने नीति अबलम्बन गरिएको छ।

सिआईएका Contact Person हरुका विजोगका दिनहरु सुरू हुँदैछन्- MCC प्रकरण नेपाल संकटको उत्कर्षको निमित्त कारण बनेर प्रकट हुँदैछ। ‘होली वाईन’ सम्मेलन देखि ठोस रुपमा प्रकट हुन थालेको सिआईएको नेपाल विरोधि रणनीति MCC लाई ‘ईण्डो-प्यासिफिक रणनीति’ अन्तर्गत् राख्ने बिन्दुसम्म आईपुग्दा यसले यस क्षेत्रमा अमेरीकाका लागि बढ्दो सकसलाई मात्र संकेत गरिरहेको छैन कि त्यसले पालेर राखेका दलाल तथा सुराकीहरुलाई पनि विवशतापूर्वक आफ्नो सेन्टरमा उभिन बाध्य बनाएको छ। यो अमेरीकी साम्राज्यवादको सबैभन्दा ठूलो हतासापूर्ण प्रयास हो भन्ने तथ्य कसैले अनुमान नगरेका सुराकीहरु धमाधम Expose हुन थालेको प्रकृयाले नै देखाउँछ।

यो प्रस्तावको संभाव्यता अध्ययन अमेरीका आफैले गरेको र संसदबाट पारित गर्नु पर्ने सर्त राखिएको यति आपत्तिजनक योजनाका बारेमा सार्वजनिक रुपमा छलफल नगराई गुपचुप ढंगले पारित गर्न खोज्नुले नै यसभित्रको कालो नियतलाई स्पष्ट पार्दछ। सिरीया, ईराक, अफगानिस्तान, भेनेजुयला, उत्तर कोरीया लगायतका देशहरुमा मार खाँदै र भाग्दै गर्न थालेको अमेरीकी साम्राज्यवाद MCC षडयन्त्रमा असफल हुनासाथ उठ्न मुश्किल पर्ने गरी थचारिन्छ र त्यसका दलालहरुको शिविरमा विघटनको प्रकृया सुरु हुन्छ भन्ने तथ्यमा कुनै संका छैन। याे दशक अमेरीकीहरूकाे भागदाैड र विग्रहकाे दशक हाे। मलाई विश्वास छ कि यही प्रकरणले सिआईए र त्यसका Contact Person हरुको विजोगका दिनहरुको आरम्भ गर्दैछ।

RSS का पिल्लाहरुको धर्म/संस्कृति, RSS काे खाेलमा सिआईएले पालेका फिरंगि- नेपालका सबैभन्दा ठूला समस्या अमेरीका र यूरोपीयनहरु हुन् भन्दै धर्म/संस्कृतिको रक्षाका लागि यूरो-अमेरीकीहरुको घोर विरोध र ‘हिन्दूत्व’ को भजन गाउँदै हिंड्ने RSS का पिल्लाहरुले अमेरीकी MCC पारित हुनुपर्छ भन्दै वर्वराउन थालेछन्। अमेरीका र यूरोपीयनहरुले नेपाल मात्र होईन, ईण्डिया समेत् विघटन गर्ने योजना बनाएर अघि बढिरहेका छन् भनेर यीनीहरु Youtube हरुमा खुब भुक्थे। यीनीहरु अर्ध मूर्छित अवस्थामा वर्वराईरहेका छन् कि विक्षिप्त अवस्थामा भन्ने कुरा त मलाई थाहा छैन।

तर अमेरीकाले MCC को नाभि ईण्डियासंग जोडिदिएको हुनाले RSS का पिल्लाहरुको दिमाग अमेरीकावादी हुन पुगेको हो भन्ने यथार्थता चाहिं संकारहित छ। यस्ता चुत्था बताँसे कमाराहरुले नगद पाएका दिन हिन्दूत्व, देश सबै बेच्छन्। नगदले नै तिनीहरुलाई RSS वादी बनाएको हो, नगदले नै तिनीहरुलाई MCC वादी बनाएको छ र नगदले नै यी जानवरहरुलाई देशद्रोहि पनि बनाएको छ। कौडीको स्वविवेक, स्वाभिमान र अस्मिता नभएका यी पिपलपातेहरुले १०० डलरमा CIA ‘जिन्दावाद’ पनि भन्छन्। यीनीहरू RSS काे खाेलमा CIA ले पालेका फिरंगिहरू हुन्।

-भरतदाहालको फेसबुकबाट

Leave a Reply

Your email address will not be published.